भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवतीको शव त्रिशूलीमा भेटियो

सहयात्रा टिभी

धादिङ । जेठ १६, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।
भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी भक्तपुरकी २४ वर्षीया रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्