राप्ती नदीमा अवैध उत्खनन् भएको भन्दै वासिन्दाले गरे गाउँपालिका घेराउ

काठमाडौँ । जेठ १६, राप्ती नदीमा अवैध उत्खनन् भएको भन्दै राजपुर गाउँपालिकाका वासिन्दाले मंगलबार दिउँसो गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।
उनीहरुले नदीजन्य पदार्थको अवैध उत्खनन बन्द गर्नुपर्ने र नदी उत्खननको विवरण सावर्जनिक गर्नुपर्ने माग गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले मनोमानी ढंगले नदीजन्य पदार्थ उत्खनन् दिएको आरोप पनि स्थानीयले लगाएका छन् ।
नदीमा १८ हजार घनमिटरमात्र उत्खनन् गर्न ठेक्का लगाइएकामा त्यो भन्दा धेरै उत्खनन गरिएको नदी अवैध उत्खनन् विरुद्ध संघर्ष समितिका अध्यक्ष चक्रबहादुर खड्काले बताए ।
गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने मापदण्डभित्रै नदीजन्य पदार्थको उत्खनन् भएको बताए । उनले १८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाइएकामा हालसम्म १० हजार घनमिटरमात्र उत्खनन भएको पनि बताए ।