सरकारले १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने

सहयात्रा टिभी

काठमाडौँ । जेठ १७, सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले भोलि बिहीबार ५ वर्षका लागि १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको हो ।
विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र २०८५ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल बिहीबार हुनेछ भने निष्कासन १९ जेठमा हुने छ ।

देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

ऋणपत्रको बोलकबोलका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट नै तय हुने र ऋणपत्र धितोमा ऋण लिन र दिन सकिने राष्ट्र बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रबाट आर्जित ब्याजमा ब्याजकर लाग्छ ।

 

प्रकाशित : 31 May, 2023

प्रतिक्रिया दिनुहोस्