पूर्वप्रधानमन्त्री खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९जना पक्राउ

काठमाडौँ । जेठ १७, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मंगलबार आयोजित एक कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकहरुले दुर्व्यवहार गरेको युवा संघले उल्लेख गरेको छ ।
नेकपा एकीकृत समाजवादीले बुधबार प्रेम विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई गरिएको दुर्व्यवहार गणतन्त्र र संविधानमाथि प्रहार भएको युवा संघ नेपालले जनाएको छ ।
बुधबार वक्तव्य जारी गर्दै युवा संघले आफ्ना नेताहरुमाथि दुर्व्यवहार भए प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।
‘व्यवस्था र आन्दोलनको रक्षार्थ दृढताका साथ उभिनुका साथै प्रगतिशील, देशभक्त क्रान्तिकारी युवा तथा जनसमुदाय यस्ता हर्कत तत्काल बन्द नगरे देशभर सशक्त प्रतिकारमा उत्रन समेत हार्दिक आह्वान गर्दछौं’, महासचिव दिपक जीएमले जारी गरेको वक्तव्यमा उल्लेख छ ।