मेडिकल कलेजमा तोडफोड गरेपछि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको जनाएको छ।

अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

२८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए । तर, धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भयो।

तर, बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्तले आन्दोलन र तोडफोडमा उत्रिएका थिए।

धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पताले टोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।

 

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्