केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट सन्दीप र ऐरीले खेल्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएको जनाएको छ ।

गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।

सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० लिग खेलिसकेका छन् । ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।

यो लिग आउने जुलाइ २० तारिखदेखि सुरु हुनेछ । ग्लोबल टी–२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण भएयता यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्