उतारचढाव बीच नेप्से दोहोरो अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ ।

सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७।०६ अंकमा पुगेको छ ।

बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो । १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरे पुनः उकालो लागेको थियो ।

पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ ।

 

प्रकाशित : 14 June, 2023

प्रतिक्रिया दिनुहोस्