शुक्रबारदेखि ‘आदिपुरुष’ रिलिज नेपालमा पनि एक सिट खाली राख्ने
सहयात्रा टिभी
काठमाडौं । जेठ ३१, प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ शुक्रबारदेखि नेपालमा पनि रिलिज हुँदैछ ।
यो फिल्म बुधबार न्युयोर्कको ट्राइबेका फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुँदैछ । भारतसहित यो फिल्मलाई लिएर विश्वभर ठुलै चर्चा छ ।
यस्तोमा भगवान हनुमानको सम्मानका लागि भन्दै एक सिट खाली राख्ने निर्माताको निर्णयले भारतमा ठुलै चर्चा बटुल्दै छ ।
रामायणको कथावस्तु भएकाले नेपालमा समेत यसको चर्चा छ । नेपालका केही सिनेमा हलले समेत ‘आदिपुरुष’को प्रदर्शनको क्रममा हनुमानसहित राम, लक्ष्मण र सीताको लागि पनि सिट खाली राख्ने घोषणा गरेका छन् ।
नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना फ्रेन्चाइजी हलमा हनुमानको लागि सम्मानको लागि एक सिट खाली राख्ने भएको छ ।