केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्र्तगत नेपाल आज भारत ए सँग खेल्दैछ ।आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ । उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्