सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएको जानकारी प्राप्त भएको छ ।

आज बिहान सिंहदरबारमा बसेको बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको जनाएको हो ।

हालका मुख्य सचिव शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले जनाएको छ ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्