केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हङकङमा जारी महिला इमर्जिङ टिम्स कपमा नेपालले भारतसँग खेल्दै

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत समूह ए सँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धातम्क खेलमा ९ रनले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा छ ।

तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो । यू-१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत-ए मा युवा खेलाडीहरुको बाहुल्य छ ।

नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।

 

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्