अफगानिस्तानमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु

सहयात्रा टिभी

काबुल । जेठ ३२, अफगानिस्तानको सामङ्गन प्रान्तमा निसास्सिएर दुई जना खानी मजदुरको मृत्यु भएको छ । घटनामा अरु ३५ जना बेहोस भएका छन् ।

सामङ्गन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइला खानीमा उक्त घटना भएको अफगान समाचार संस्था खामा प्रेसले जनाएको हो ।

उक्त कोइला खानी गैरव्यावसायिक भएको तालिबानका प्रशासनअन्तर्गतको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम खैबर सेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा निस्सासिएर एक जना मजदुरको मृत्यु भएको थियो । घटनामा अर्का एक जना बेहोस भएका थिए ।

ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्