नेप्सेमा सामान्य वृद्धि
सहयात्रा टिभी
काठमाडौं । जेठ ३२, साताको अन्तिम कारोबार दिन आज पनि नेप्सेमा सामान्य वृद्धि भएको छ ।
दिनभर जसो उतारचढाव भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ ।
उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ ।