केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघले गर्यो काभा नेशन्स लिग खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाइ

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको जनाएको छ ।

किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरेका हुन् ।

सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेशन्स लिगमा प्रतिस्पर्धा गर्दैछ ।

 

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्