वर्षाको फिल्म ‘गणपति’को छायांकन गर्ने क्रममा आगलागी

सहयात्रा टिभी

काठमाडौं । जेठ ३२, फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।

बालाजुस्थित चलचित्र विकास संस्थानमा छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ ।

अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको बेला आगलागी भएको हो । कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए ।

आगलागीमा मानवीय क्षति नभएको र कपडैकपडाको सेट भने जलेर नष्ट भएको निर्माण पक्षले जानकारी दिएको छ । अहिले आगलागी नियन्त्रणमा आइसकेको र १० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

 

प्रकाशित : 15 June, 2023

प्रतिक्रिया दिनुहोस्