केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीशमा कार्कीको नाम सुनुवाइ समितिबाट अनुमोदन

सहयात्रा टिभी

काठमाडौं । असार १, संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेस गरेका कार्कीसँग शुक्रबार सवालजवाफ भएको थियो ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका कार्कीले सुनुवाइ समितिको बैठकमा बिहीबार १९ पृष्ठको कार्ययोजना प्रस्तुत गरेका थिए । उनीविरुद्ध २९ उजुरी परेका थिए ।

प्रधानन्यायाधीश नियुक्त भए पनि उनी उमेर हदकारण साउन २० गतेसम्म मात्र पदमा रहने छन् ।

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्