केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पको चुनावी अभियान आफैँलाई बचाउने बहाना

सहयात्रा टिभी

काठमाडौं । असार १,  डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफैँलाई बचाउने बहानामा मात्र प्रयोग गरेको देखिन्छ ।

डोनाल्ड ट्रम्प अदालतको कठघरामा उपस्थित भएको निमेषमै चुनावी अभियान पुगिसकेका हुन्छन् ।
अमेरिकी नागरिकका जटिल मुद्दालाई सम्बोधन गर्नुपर्ने चुनावी अभियानलाई उनले आफूमाथि लागेको फौजदारी अभियोगको प्रतिक्षा गर्ने थलो बनाउने गरेका छन् ।

 

फौजदारी अभियोग लागेका पहिलो पूर्व राष्ट्रपति ट्रम्प गत साता मियामीस्थित क्लबमा पुगे । ह्पाप्पी बर्थडे गीत गाएर र आफ्ना समर्थकको प्रशंसामा उत्रिए ।

त्यसपछि न्युजर्सीकफ गल्फ क्लबमा पुगेर आफ्नो बचाउ गरे । दुई पटक महाअभियोग खेपेका र संघीय अदालतमा ३७ वटा मुद्दा खेपिरहेका उनले आफू निरंकुश सरकारको शिकार भएको दाबी गरे ।

‘अहिले हामीले मुलुकमा शक्तिको चरम दुरूपयोग र निकै खराब सरकारको समाना गरिरहेका छौं । भ्रष्ट राष्ट्रपतिले प्रतिपक्षीलाई दमन गरिरहेका छन् । झुटो मुद्दामा दुख दिइरहेका छन् ।

राष्ट्रपतीय निर्वाचनको संघारमा म माथि साँधिएको प्रतिशोधले पूर्व राष्ट्रपति सहित वर्तमान राष्ट्रपति लज्जित हुनेछन् र वर्तमान राष्ट्रपति चुनावमा नराम्रोसँग पराजित हुनेछन्,’ ट्रम्प कड्किए ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन प्रभावित पार्न खोजेका ट्रम्पले बाइडेनलाई मुलुकलाई फाँसीवादतर्फ उन्मुख गराउन खोजेको आरोप लगाए ।

 

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्