केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महानगरले नयाँ बसपार्क बाहिरका टिकट काउन्टर हटायो

सहयात्रा टिभी

काठमाडौं । असार १, काठमाण्डौ महानगरले नयाँ बसपार्क बाहिरका टिकट काउन्टर हटाएको जनाएको छ ।

 

काठमाण्डौ भित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् ।

काठमाण्डौ महानगरपालिकाले उपत्यकाको सार्वजनिक गाडीलाई व्यवस्थित बनाउनका गएको जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

त्यही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् ।

काठमाण्डौभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउन्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् ।

महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउन्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की क्षेत्रमा अव्यवस्थितरुपमा राखिएका टिकट काउन्टर हटाइएको जानकारी दिनुभयो ।

 

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्