मेयर बालेनलाई सोध्यो उड्डयन प्राधिकरणद्धारा स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । असार १, काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको जनाएको छ ।

विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो ।

काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेको थियो । महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो रु भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।

 

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्