प्रधानन्यायाधीश कार्कीले लिए शपथ

सहयात्रा टिभी

काठमाडौं । असार १, नियुक्त भएका छन् प्रधानन्यायाधीशमा नियुक्त भएका हरिकृष्ण कार्कीद्धारा राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गरेका छन् ।

उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

 

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्