केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसीसी इमर्जिङ कपमा नेपाल र हङकङ खेल्दै

सहयात्रा टिभी

काठमाडौँ । असार २, एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समयअनुसार विहान पौने ७ बजे सुरु हुँदैछ । सेमिफाइनलको यात्राको सम्भावना जिवित राख्न नेपालका लागि यो खेल ठूलो अन्तरले जित्नु पर्ने दबाब छ ।

नेपाल र हङकङबीच तीन डब्लूटि–२० आई खेल भएका छन् । नेपाल एक खेलमा मात्रै विजयी भएको छ । गतवर्ष जुनमा एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित
भएको थियो । पछिल्ला दुबै खेलमा नेपाल हङकङसँग पराजित हुन पुगेको थियो ।

नेपाल २ खेलमा १ मा हार १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । हङकङ भने २ खेलमा एक खेलमा हार र एक खेलमा अंक बाँड्दै १ अंकका साथ पुछारमा छ ।

नेपाल सेमिफाइनलमा पुग्न घरेलु टोली हङकङमाथि विशाल जितको आवश्यक पर्दछ । पाकिस्तानलाई नेटरनरेटमा पछिपार्न सक्नुपर्छ । नेपालको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले भने पर्याप्त हुनेछैन ।

हङकङमाथि फराकिलो जित हात पारेको खण्डमा नेपालको भविष्य भारतको हातमा हुनेछ । भारत र पाकिस्तानबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा पाकिस्तान पराजित हुँदा नेपाल सेमिफाइनलमा पुग्नसक्छ । नेपाल पराजित भएमा भने स्वत बाहिरिनेछ ।

समूह बी बाट बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । ४ अंक नै भएको श्रीलंका नेटरनरेटको कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित : 17 June, 2023

प्रतिक्रिया दिनुहोस्