केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल र हङकङबीचको खेल रद्द, नेपाल समूह चरणबाट बाहिर

सहयात्रा टिभी

काठमाडौँ । असार २, एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । लगातारको वर्षा नरोकिए पछि टस समेत नगरी खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै नेपाल र हङकङले एक–एक अंक बाँडेका छन् । योसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको छ । खेल रद्द भएसँगै समूह ए बाट भारत र पाकिस्तान एक खेल अगावै सेमिफाइनलमा पुगेका छन् ।

नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने भारतसँग वर्षाकै कारण अंक बाँड्न बाध्य भएको थियो । प्रतियोगिताको सेमिफाइनल १९ जुन र फाइनल २१ जुनमा हुनेछ ।

प्रकाशित : 17 June, 2023

प्रतिक्रिया दिनुहोस्