हेवा खोलामा बाढी : संखुवासभामा १६ जना बेपत्ता, तीन जनाको उद्धार

सहयात्रा टिभी

सङ्खुवासभा । असार ३,  संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् ।

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए । ‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’

उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।बाढीको क्षतीको थप विवरण आउन बाँकी छ । शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्