किसानले सडकमै फाले गोलभेँडा

काठमाडौँ । असार ३, उचित मूल्य नपाएको भन्दै किसानले कालीमाटी सडकमा गोलभेँडा फालेका छन् ।
आज बिहान विभिन्न ठाउँबाट कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै १० टनभन्दा बढी गोलभेँडा सडकमा फालेका हुन् । उनीहरूले परिश्रम अनुसारको मूल्य नपाएपछि गोलभेँडा फाल्न बाध्य भएको बताए ।