केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड

सहयात्रा टिभी

काठमाडौँ । असार ३, विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।

जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

 

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्