प्रतिनिधि सभाबाट पर्यटन मन्त्रालयको नाम छलफल कार्यसूचीबाट हटाइयो

सहयात्रा टिभी

काठमाडौँ । असार ३, विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको चलिरहेको छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाउनुभयो ।

सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई त्यसबारे स्पष्ट पार्न समय दिनुभएको थियो ।

बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताउनुभयो । तर सचेतक बर्तौलाले त्यो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट पर्यटन मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गर्नुभएको थियो ।

 

प्रकाशित : 18 June, 2023

प्रतिक्रिया दिनुहोस्