केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई

सहयात्रा टिभी

एजेन्सि । असार ४, यूईएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा गए राति भएको खेलमा क्रोएसियालाई टाइब्रेकरबाट ५–४ गोलले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।

पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल निस्कन सकेन ।

निर्धारित र अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो ।

स्पेनको यो ११ वर्षपछिको पहिलो अन्तराष्ट्रिय उपाधि हो । स्पेनले पछिल्लो पटक सन् २०१२ मा युरोकप जितेको थियो ।
यसअघि गए राति नै भएको अर्को खेलमा नेदरल्याण्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्