केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बेंगलुरुमा आयोजीत कुवेत विरुद्ध पहिलो हाफमै नेपाल दुई गोलले पछाडि

सहयात्रा टिभी

काठमाडौँ । असार ६, भारतको बेंगलुरुमा सुरु भएको १४औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ ।

आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतले पहिलो हाफमा नेपालमाथि दबाब राख्दै दुई गोल गर्‍यो । २३ मिनेटमा कप्तान खालिद हाजिएहले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ३६ मिनेटमा कुवेतले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

कुवेतका फवाज अलोतावीको पासमा मोहम्मद अब्दुल्लाहको हेड प्रहार बारमा लागेर फर्कँदा अग्रता बढाउने अवसर गुमायो ।

अधिकांश समय नेपालको हाफमा बल खेलाएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल गर्‍यो । मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

 

प्रकाशित : 21 June, 2023

प्रतिक्रिया दिनुहोस्