केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन गोलले पछि परेपछि कुवेतविरुद्ध अन्जनले एक गोल फर्काए

सहयात्रा टिभी

काठमाडौँ । असार ६, साफ च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध तीन गोलले पछि परेपछि नेपालले एक गोल फर्काएको छ ।

खेलको ६७औं मिनेटमा अन्जनले कुवेतका तीन डिफेण्डर र गोलरक्षकलाई छक्याउँदै बक्स भित्रबाट शानदार गोल गरे । योसँगै अन्जनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १२ पुर्‍याएका छन् ।

उनी नेपालका लागि सर्बाधिक गोल गर्ने तेस्रा खेलाडीसमेत हुन् । हरि खड्का र निराजन रायमाझीले सर्वाधिक १३ गोलको कीर्तिमान बनाएका थिए ।

यसअघि कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोल गरिसकेको छ । साफ च्याम्पियनसिपमा पहिलो पल्ट दक्षिण एसिया बाहिरका कुवेत र लेवनानलाई आमन्त्रित टिमका रुपमा समावेश गरिएको हो ।

यो प्रतियोगितामा नेपाल समूह ए मा छ । यो समूहमा भारत र पाकिस्तान पनि छ ।

 

प्रकाशित : 21 June, 2023

प्रतिक्रिया दिनुहोस्