केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काभा भलिबल : नेपालले आज तुर्किमिनिस्तानसँग खेल्ने

सहयात्रा टिभी

काठमाडौँ । असार ७, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपालले तुर्किमिनिस्तानसँग खेल्दैछ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपाल यसअघिका आफ्ना तीनवटै खेलमा पराजित भएको छ । पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान र तेस्रो खेलमा इरानसँग पराजित भएको हो ।

लिगमा नेपाल, किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तानसहति सात देशको सहभागिता रहेको छ । नेपालले पाँचौं खेल किर्गिस्तानको बी टोली र अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रकाशित : 22 June, 2023

प्रतिक्रिया दिनुहोस्