पेरिसमा भएको शक्तिशाली विष्फोटमा परेर २ जना बेपत्ता, ३७ जना घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । असार ७, फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परेर २ जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् ।
पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो । घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ । घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।
विस्फोटको मुख्य कारण खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो । विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।