आज सुनको भाउ घट्यो
सहयात्रा टिभी
काठमाडौं । असार ८, सुनचाँदीको भाउ आज शुक्रवार पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नौ हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ हिजो बिहीवार तोलामा पाँच सय र अस्ति बुधवार आठ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।