केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको प्रचण्डको दाबी

सहयात्रा टिभी

काठमाडौं । असार ८,  संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा  जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् ।

साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ । संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’

 

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्