केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी

सहयात्रा टिभी

काठमाडौं । असार ८, प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर सुरू भएको छ ।

प्रश्नोत्तरका लागि एक घण्टाको समय छुट्याइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताउनुभएको छ ।

उहाँले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

शुक्रवार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्