केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पानीका स्रोतहरू सुकेपछि वन्यजन्तुहरूलाई ट्यांकरको पानी खुवाइँदै

सहयात्रा टिभी

काठमाडौं । असार ८, पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पानीको समस्या देखिएको छ ।

लगातारको सुख्खा मौसमका कारण निकुञ्ज भित्र रहेका अधिकांश पानीका स्रोतहरू सुकेपछि वन्यजन्तुहरूलाई पिउने पानीको समस्या भएको हो ।

घाँसे मैदान र आहारा प्रजातिको वन्यजन्तुहरूको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले वन्यजन्तुहरूका लागि पछिल्लो २ सातादेखि ट्यांकरमा पानी ओसारेर पोखरीहरूमा राख्दै आएको छ ।

निकुञ्जभित्र प्राकृतिक तथा मानव निर्मित गरी ६ दर्जन बढी पोखरीहरू छन् । तर, अहिले सिमसार क्षेत्रका रहेका बाहेकका पोखरीहरू सुकेको निकुञ्जले जनाएको छ ।

सामान्यतया बर्सेनि पुसदेखि वैशाखसम्म निकुञ्जभित्र पानीको अभाव हुन्छ । तर,यस वर्ष लगातारको सुख्खा मौसम, वन डढेलो र असार पहिलो साता वितिसकदासम्म वर्षा नहुँदा समस्या देखिएको हो ।

 

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्