केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालमा ‘आदिपुरुष’ प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

सहयात्रा टिभी

काठमाडौं । असार ८, अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ ।

संघले शुक्रबार वक्तव्य जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ ।

नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत संघले जनाएको छ ।

राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।

अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो । जसअनुसार शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।

 

 

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्