केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकाले लडाकु विमानको इन्जिन भारतमा बनाउने

सहयात्रा टिभी

एजेन्सि । असार ९, अमेरिकाले लडाकु जेटको विमानको इन्जिन भारतमा बनाउने भएको छ ।

अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसलाई सैन्य क्षेत्रमा दुई देश बीचमा ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एरोनोटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन बीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौता भएको हो । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् ।

मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित : 24 June, 2023

प्रतिक्रिया दिनुहोस्