केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु

सहयात्रा टिभी

बर्दिया। असार ९, बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 24 June, 2023

प्रतिक्रिया दिनुहोस्