केपी ओली प्रचण्ड माधव नेपाल एमाले


०६२–६३ को परिवर्तनले देश र जनताको हित गरेन : कमल थापा

सहयात्रा टिभी

महोत्तरी । असार ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले ०६२–६३ को परिवर्तनले देश र जनताको हित नगरेको बताएका छन् ।

राप्रपाका नेता पूर्वमन्त्री एवं उपसभामुख स्वर्गीय रामविलास यादवको महोत्तरीस्थित एकडारा गाउँ पालिकामा निर्मित सालिककाे अनावरण गर्दै उनले सो परिवर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको, धर्मसंस्कृति र पहिचान मेटिएको, विधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाए ।

उनले निष्ठा, इमानदारी र आदर्शको राजनीति कमजोर भएको भन्दै केही सीमित दलका सीमित नेताहरूको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको बताए ।

ठूलाठूला भ्रष्टाचार काण्डमा आफूलाई ठूला भन्ने राजनीति दलका नेताहरूको संलग्नता रहेको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि कानूनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको बताए ।

अध्यक्ष थापाले यस्तो अक्षम्य काम नगर्न राजनीतिक दलहरूलाई आग्रह गरे । लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र मच्चाइएको भन्दै थापाले राजा, हिन्दुराष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याए भन्दै प्रश्न गरे ।

प्रकाशित : 24 June, 2023

प्रतिक्रिया दिनुहोस्