केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने

सहयात्रा टिभी

काठमाडौँ । असार १०, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

छलफलमा सांसदहरू डा. अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

यस्तै, आजको बैठकमा विनियोजन विधेयक अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

आज गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रकाशित : 25 June, 2023

प्रतिक्रिया दिनुहोस्