नेप्से आज उच्च अङ्कले बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । असार १०, हप्ताको पहिलो दिन नेप्से आज उच्च अङ्कले बढेर हरियाली भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ ।

प्रकाशित : 25 June, 2023

प्रतिक्रिया दिनुहोस्