भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु

काठमाडौँ । असार ११, काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँबाट जानकारी प्राप्त भएको छ ।
पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा पसेका हुन् । दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।