केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय गल्फ टिमको मुख्य प्रशिक्षकमा तरूण सरदेसाई नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । असार ११, नेपाल गल्फ संघले आसन्न १९औं एसियाली खेलकुदका लागि भारतका तरूण सरदेसाईलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको जानकारी प्राप्त भएको छ ।

नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच भएको सम्झौतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले स्वीकृत गरेको हो ।

सरदेसाईले प्रशिक्षण गरेबापत कुनै शुल्क नलिने गरी सम्झौता भएको गल्फ संघले जानकारी दिएको छ ।

सम्झौताअनुसार असोज ६ देखि २१ सम्म चीनको होङझोउमा हुने एसियाली खेलकुदसम्म सरदेसाईले चार पुरुष र दुई महिला खेलाडी रहेको नेपाल गल्फ टिमलाई प्रशिक्षण दिनेछन् ।

नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् ।

 

प्रकाशित : 26 June, 2023

प्रतिक्रिया दिनुहोस्