इलाममा आगलागीबाट आठ घर जलेर नष्ट

सहयात्रा टिभी

इलाम । असार १२, इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् ।

स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । गए राति करिब २ः०० बजेबाट आगलागी सुरु भएको थियो ।।

स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको स्थानीय पत्रकार सुमन लावतीले जानकारी दिए । उनले घटनाको पूर्ण विवरण नआएकाले के–कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आगलागी के कारणले भयो समेत खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्