बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

सहयात्रा टिभी

काठमाडौं । असार १२, नेपाली कांग्रेसले संसदमा पेस गरिएको आर्थिक २०८०-८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसद्‌मा पेस गरिएको थियो ।

उक्त विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिरहँदा सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन् ।

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्