अदालतको अवहेलना गरेको भन्दै कोशीका मन्त्री राजभण्डारीविरुद्ध मुद्दा

काठमाडौँ । असार १२, कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ ।
बुधबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
उच्च अदालत विराटनगरका रजिष्टार थपलियाले मन्त्री राजभण्डारीले अदालतको अवहेलना गरेको भनी तयार पारेको प्रतिवेदनका आधारमा मुद्दा दायर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
त्यस्तै अधिवक्ता घिमिरेले दायर गरेको मुद्दामा अदालतमा विचाराधीन मुद्दामा अदालत र न्यायाधीशको मानहानी हुने गरी अभिव्यक्ति दिएका कारण अदालतको अवहेलनामा एक वर्ष कैद र दश हजार जरिवानाको माग दाबी गरिएको छ । सूचना अधिकारी सुवेदीका अनुसार मंगलबार दर्ता भएका दुई वटै अवहेलना मुद्दामा बुधबार सुनुवाइ हुनेछ ।