जलकुम्भीले ढकमक्क फेवाताल

सहयात्रा टिभी

काठमाडौँ । असार १२, पछिल्लो केही दिनयता भइरहेको बर्षातपछि पोखराको फेवाताल जलकुम्भीमय भएको छ ।

फेवाताल सिरान क्षेत्रबाट जलकुम्भी बगाएर तल्लो तटीय क्षेत्रमा ल्याएपछि फेवाताल जलकुम्भीले ढाकेको हो ।

फेवाताल नै कुरुप हुने गरी जलकुम्भीले ढाक्दा डुंगा सयर गर्न आएका पर्यटक र व्यवसायी दुवैलाई सकसमा पारेको छ । हरेक वर्ष बर्खायाममा फेवाताल जलकुम्भीले ढाकिन्छ ।

तालमा जलकुम्भी फैलिा नदिन महानगरले केही समयअघि फेवा मुहान क्षेत्रको जलकुम्भी फाल्ने अभियान सुरु गरेको थियो । तर, जलकुम्भी फाल्ने कामदारले समयमै ज्याला नपाउँदा निरन्तरता दिन नसकिएको वातावरण संरक्षणका लागि महाभियान कास्कीका संयोजक रामबहादुर पौडेलले बताए ।

पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले फेवातालको जलकुम्भी झार हटाउने कार्य निरन्तर रहेको बताए । उनले ताल सफाइ गर्न महाअभियान नै चलाएर जलकुम्भी हटाइने जानकारी दिए ।

 

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्