छोराको आक्रमणबाट आमाको मृत्यु

नवलपरासी । असार १३, पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादका क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।बुद्धिरानीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
आमाको हत्या गरेर फरार भएका शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले भनाइ छ ।