केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागमती प्रदेशसभाको बैठक बस्दै

सहयात्रा टिभी

हेटौँडा । असार १३, बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा भवन, हेटौडामा बिहान ११ बजे बस्ने छ ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा आजबाट असार १ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल सुरु हुनेछ ।

हिजोका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण अवरुद्ध भएको थियो । एमाले र राप्रपाले बजेटमा भेदभाव भएको भन्दै अवरोध गरेका थिए । आज सहमति कायम गरेर बैठक बस्न लागेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्