केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिमको बजेटमाथि कांग्रेस सांसदले देउवा समक्ष असन्तुष्ट व्यक्त

सहयात्रा टिभी

काठमाडौँ । असर १३, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

धनगढीबाट डेलिकेशनसहित काठमाडौँ पुुगेका कांग्रेसका ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै यथास्थितिमा सरकारले ल्याएको बजेटमाथि समर्थन गर्न नसकिने बताएका हुन् ।

उनीहरुले सरकारले प्रदेश सांसदहरुको भावनाविपरीत ल्याएको बजेट संशोधन गर्नुपर्ने, तल्लो तहबाट सिफारिस भएर आएका योजना समेटिनुपर्ने बताउँदै यथास्थितिमा समर्थन गर्न नसकिने कुरा राखिएको एक सांसदले जानकारी दिए ।

‘यो सरकारले ल्याएको असन्तुलित बजेट हामीलाई स्वीकार्य छैन । संशोधन गर्नुपर्छ भनेर सभापतिज्यूसँग कुरा राख्यौँ,’ भेटमा सहभागी एक सांसदले भने, ‘बजेट संशोधन नगरेमा समर्थन गर्न सक्दैनौँ । बरु कारवाही भोग्न तयार छौं भनेर फर्केका छौँ ।’

ती सांसदको भनाइमा सभापति देउवाले भेटमा सहभागी ६ जनाकै कुरा धैर्यतापूर्वक सुनेका थिए भने जवाफमा पूरक बजेट ल्याएर गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिज्यूले बजेट सन्तुलित नआएको कुरामा म सहमत छु । अब पूरक बजेट ल्याएर यसलाई सच्याउँछौँ भन्नुभयो,’ देउवाको भनाइ उदृत गर्दै सांसदले भने ।

भेटमा कांग्रेसका प्रदेशसभा सदस्य बहादुर सिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट सहभागी थिए ।

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्